नेपालको भूगोल
१. महाकाली पारीका नेपालका २ गाविस कुन कुन हुन् ? ⇨ चाँदनी र दोधारा २. सवैभन्दा सानो जिल्ला भक्तपुर को क्षेत्रफल कति छ ? ⇨ ११९ वर्ग की मि ३. सप्तकोशी नदी कहाँ पुगेपछि गंगामा मिसिन्छ ? ⇨ विहारको करसेलामा ४. अदुवा खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो? ⇨ सल्यान ५. भारतसँगमात्र सीमाना जोडिएको जिल्लाहरु कतिवटा छन्? ⇨ २६ ६. नेपालको क्षेत्रफल कति छ ? ⇨ १,४७,१८१ वर्ग कि.मि. ७. धरान धनकुटा राजमार्गलाई अर्को के नामले चिनिन्छ ? ⇨ मदनभण्डारी राजमार्ग ८. नेपालको सवैभन्दा सानो नगरपालिका बनेपा नगरपालिका हो भने सवैभन्दा ठुलो नगरपालिका कुन हो ? ⇨ त्रियुगा नगरपालिका हो । ९. विश्वको अग्लो स्थानमा रहेको ताल कुन हो ? ⇨ राराताल हो। १०. नेपालको पूर्व पश्चिम औसत लम्बाई कति छ ? ⇨ ८८५ कि.मि. ११. नेपालको उत्तर–दक्षिण औसत चौडाई कति छ ? ⇨ १९३ कि.मि. १२. नेपाल कुन महादेशमा अवस्थित छ ? ⇨ एशिया १३. नेपाल कुन अक्षांसमा पर्दछ ? ⇨ उत्तरी अक्षांस १४. नेपालले एशियाको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ ? ⇨ ०.३५ १५. नेप...